बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ मा थप १८ जनामा कोरोना सङ्क्रमण

बुधबार, २१ साउन २०७७, २२ : ४३
बुधबार, २१ साउन २०७७

मोरङ । प्रदेश नं. १ मा आज १८ जना सङ्क्रमित थपिएका छन् । ६१६ जनामा गरिएको पीसीआर परीक्षणबाट आज आएको नजिजाअनुसार पाँच महिलासहित १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १४, इलाममा दुई, उदयपुर र सुनसरीमा एकरएक जनामा सङ्क्रमण देखिएको छ ।

मोरङको विराटनगरमा चार महिलासहित १०, सुनबर्षीमा तीन र धनपालथानमा एक, इलामको इलाम नगरपालिका र सूर्योदयमा एकरएक, उदयपुरको त्रियुगामा एक महिला र सुनसरीको धरानमा एक जनामा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङख्या एक हजार १८९ पुगेको छ । 

प्रदेशमा ९० वर्षीया वृद्धासहित ५७ जना आज निको भई घरफर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरबाट २१ जना सङ्क्रमण निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।

सामाजिक विकामन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डा.चुमनलाल दास र स्वास्थ्य केन्द्र विराटनगरका प्रमुख ज्ञानबहादुर बस्नेतले विराटनगर केन्द्रबाट आज निको भई घरफर्कनेहरुलाई बिदाइ गरेका थिए । निको भई घर फर्कने पूर्वसङ्क्रमितहरुमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका छ–छ, धनकुटा, उदयपुर र ते¥हथुमका एकरएक  जना रहेका छन् ।  प्रदेशमा निको हुने सङ्क्रमितको  सङ्ख्या ८८७ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप