शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा पनि देखियो ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमण

बुधबार, २१ साउन २०७७, २१ : ३५
बुधबार, २१ साउन २०७७

पोखरामा पनि प्रहरी जवानमा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत पोखरा ३ नदिपुरमा अस्थाई प्रहरी बिटमा खटिएका प्रहरीलाई कोरोना पुष्टि भएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि फ्रन्टलाइनमा खटिएका प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य फ्रन्टलाइनरहरुको पनि स्वाब जाँच थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवाह हमालले जानकारी दिए । संक्रमित प्रहरी जवानमा कुनै ट्राभल हिस्ट्री भने नरहेको डिएसपी हमालले बताए । ‘एकदमै अनड्युटी फ्रन्टलाइनर हुनुहुन्छ । कहि कतै जानु भएको थिएन,’ उनले भने ।

संक्रमण पुष्टि भएका प्रहरीलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा लगिएको उनले सुनाए । सुरक्षामा खटिएका प्रहरीलाई कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट खटिएका १११ प्रहरीको कोरोना जाँचको लागि स्वाब लिइएको छ ।

यसअघि संक्रमित प्रहरीमा सामान्य लक्षण भने देखिएको थियो । लक्षण देखिएपछि कोरोना जाँचको लागि स्वाब दिएका उनलाई आज कोरोना पुष्टि भएको छ । कास्कीमा डाक्टर र नर्समा यसअघि कोरोना संक्रमण पुष्टि भए पनि सुरक्षाकर्मीमा संक्रमण देखिएको यो पहिलो घटना हो ।

गण्डकी प्रदेशकै स्याङ्जाका प्रहरी प्रमुखसहित ३८ प्रहरीमा यसअघि नै कोरोना पुष्टि भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप