आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा रोक

बुधबार, २१ साउन २०७७, २१ : ०१
बुधबार, २१ साउन २०७७

काठमाडौं । सरकारले शहरी इलाकामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमामा रोक लगाएको छ । काठमाडौंसहित २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमति रहेका शहरी इलाका जिल्लामा आवगमनमा रोक लगाइएको छ । 

गृह मन्त्रालयले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै बिहीबारदेखि लागू हुने गरी उक्त निर्णय लिएको छ । यस्तै सरकारले बिहीबारबाटै लागू हुने गरी सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय  गरेका छ ।

यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।

सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने विज्ञप्तिमा उल्लेख छ । यस्तै कोभिड १९ को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरी तुरुन्त बन्द गर्ने र कोभिड १९ को थप परीक्षणको व्यवस्था मिलाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप