बिहीबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा रोक
काठमाडौं । सरकारले शहरी इलाकामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमामा रोक लगाएको छ । काठमाडौंसहित २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमति रहेका शहरी इलाका जिल्लामा आवगमनमा रोक लगाइएको छ ।
गृह मन्त्रालयले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै बिहीबारदेखि लागू हुने गरी उक्त निर्णय लिएको छ । यस्तै सरकारले बिहीबारबाटै लागू हुने गरी सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय गरेका छ ।
यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।
सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने विज्ञप्तिमा उल्लेख छ । यस्तै कोभिड १९ को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरी तुरुन्त बन्द गर्ने र कोभिड १९ को थप परीक्षणको व्यवस्था मिलाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण