जलेश्वरमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय

जनकपुर । महोत्तरीको सदरमुकाम जलेश्वरमा लगाइएको निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकाकाका दुईवटा वडामा गत शुक्रबार राति ११ बजेदेखि लगाइएको निषेधाज्ञाको समयावधि आज सकिएसँगै आइतवार सम्मका लागि पूनः निषेधाज्ञा बढाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले जानकारी दिए ।
पछिल्लो समय महोत्तरीमा कोरोना संक्रमण बढदै गएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले स्थानीय प्रशासन ऐन २०२८ को उपदफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम शुक्रवार राति ११ बजे देखि लागुहुने गरि ५ दिनको लागि निषेधाज्ञा जारी गरेको थियो ।
जलेश्वर नगरपालिकाको पूर्वमा भार्गेश्वर, पश्चिममा राबिम क्याम्पस, उत्तरमा प्रकौली चोक, दक्षिणमा धबौलीको रातो पूलसम्म र महोत्तरी गाउँपालिका वडा नं. ३ र ५ मा निषेधाज्ञा लगाइएको छ । यसभन्दा पहिले जलेश्वर नगरपालिकाका २५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका अनिश्चित कालको लागि शिल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता
-
तालिम नलिए पनि अध्यापन अनुमति पत्र स्थायी रूपान्तरण गर्न सकिने