जनकपुरधाम उपमहानगरपालिकाका २ कर्मचारीसहित ४ जनामा कोरोना संक्रमण

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका २ कर्मचारीसहित ४ जनाको कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको छ । प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणपछि उनीहरुको रिजल्ट पोजेटिभ आएको जनकपुरधाम उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश रायले बताए । ४ जनामध्ये २ जना नगरप्रमुखका परिवारका सदस्य हुन् ।
संक्रमितहरु जनकपुरधाम उपमहानगर अन्तर्गतको पर्यटन शाखा र प्रशासन शाखामा कार्यरत २४ तथा ४४ वर्षीय कार्यालय सहयोगी रहेको उनले बताए । उपमहानगरमा कार्यरत दुवैजना कर्मचारी संक्रमित भएपछि सबै कर्मचारीको स्वाब संकलन गरि तत्काल पीसीआर परीक्षण हुने रायले जानकारी दिए ।
त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहका छोरी र ज्वाईमा समेत कोरोना रिपोर्ट पोजेटिभ आएको उपमहानगरले जनाएको छ ।सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ को तथ्याँकअनुसार धनुषामा ६ हजार ४ सय ६९ जनाको पीसीआर परीक्षण गरिएकोमा ७ सय ४१ जना कोरोना संक्रमित भएका छन् भने अहिलेसम्म १ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा