कोरोनाका कारण कुवेतमा ८ नेपालीको ज्यान गयो
बुधबार, २१ साउन २०७७, १७ : ५३
कुवेत । कोरोना भाइरस (कोभिड–१९) का कारण खाडी मुलुक अन्तर्गत कुवेतमा ८ नेपालीको ज्यान गएको छ। गएको चार महिनामा कोरोनासहित विभिन्न कारणले २६ जना नेपालीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासले जनाएको हो।
त्यसमध्ये ८ जनाको कोरोनाका कारणले मृत्य भएको छ। कोरोनाका कारण मृत्यु हुने मध्य १ महिला र बाँकी ७ पुरुष रहेका छन् । कोरोनाको कारण मृत्यु भएका ८ जना सहित १३ जनाको शव कुवेतमै अन्त्येष्टि गरिएको नेपाली दूतावास कुवेतले जनाएको छ। शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो ।
यसरी कुवेतमै अन्त्येष्टि गरिनेमा ९ जना पुरुष र ४ जना महिला रहेका छन्। बाँकी १३ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको नेपाली दूतावास कुवेतले जनाएको छ।जसमा ३ महिला र १० पुरुष छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार