बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मदन पुरस्कारका लागि यी ७ पुस्तक छानिए

बुधबार, २१ साउन २०७७, १५ : ५८
बुधबार, २१ साउन २०७७

काठमाडौं ।  मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७६ का लागि छनौट भएका ७ पुस्तकहरूको सूची सार्वजनिक गरेको छ।  गुठीका अध्यक्ष कुन्द दीक्षितले बुधबार एक विज्ञप्ति जारी गर्दै २०७६ मा प्रकाशित कुल १५१ पुस्तकमध्येबाट सात पुस्तकहरूको सूची सार्वजनिक गरेको उल्लेख गरेका छन् । 
१० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको उनको भनाइ छ । 

छनौटमा परेका ७ पुस्तकहरू मध्ये एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार अर्पण गरिने विज्ञप्तिमा उल्लेख छ । 

यी हुन् छनौटमा परेका ७ पुस्तक 

जोकरको बन्दुक                             विमल निभा

धर्सैधर्साको चक्रव्यूह                       तीर्थ श्रेष्ठ

परित्यक्ता                                     भुवन ढुङ्गाना 

महारसनिघण्टु (खण्ड १ – ३)             योगी धर्ममहारस

महारानी                                      चन्द्रप्रकाश बानियाँ

मोहपथ                                       ललित बिष्ट

यात्रामा                                       शारदा शर्मा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप