केन्द्रीय संस्करण

बाँदर र न्याउरी मुसाले पुलको उपयोग गर्दै

person explore access_timeसाउन २१, २०७७ chat_bubble_outline0

बाँके । बाँके राष्ट्रिय निकुञ्जले नेपालमा पहिलोपटक जङ्गली जनावरका लागि निर्माण गरेको पुल सञ्चालनमा ल्याइएको छ । बाँदर र न्याउरी मुसोले आफ्ना लागि बनाएको पुलको उपयोग गर्दै आएको निकुञ्जले बताएको छ ।

निकुञ्जमा जनावरले राजमार्ग वारपार गर्दा हुने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने राजमार्गमा पुल प्रयोगमा ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले बताए । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग ७२ किलोमिटर लामो छ । त्यस्तै कोहलपुरदेखि बबईसम्मको राजमार्गको लम्बाइ ३० किलोमिटर छ ।

उनले भने, ‘‘निकुञ्जमा प्रयोगात्मक रूपमा छ वटा यस्ता पुल बनाइएको छ । बाँदर प्रजातिका जनावरलाई लक्षित गरेर निर्माण गरिएको पुलको प्रयोग लोखर्के, बाँदर र न्याउरी मुसोलगायतका जनावरले प्रयोग गरिरहेका  छन् । यसले गर्दा सवारी दुर्घटना र जीवजन्तु सवारीमा परेर मर्ने क्रम रोकिएको छ ।’’ 


यस निकुञ्जमा राजमार्गको दूरी लामो भएको र सवारी साधनको चाप बढ्दै गएका कारण जनावरका लागि पुल निर्माण गरिएको बताइएको छ । निकुञ्ज आसपासमा क्यामरासहित पाँच स्थानमा छ वटा पुल राखिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा २६४ जनावरको मृत्यु भएको छ । गत वर्ष दुर्घटनाको जोखिममा परेका ४३१ वन्यजन्तुको उद्धार गरिएको निकुञ्जले जनाएको छ । खाद्यान्न ढुवानी गर्ने सवारीबाट खसेका वस्तु र यात्रुले जथाभावी फ्याँकेका खानेकुरा खान जाँदा केही जनावर गाडीको ठक्करले मारिएको निकुञ्ज अधिकृत न्यौपानेले बताए ।

पुल निर्माणपछि यस वर्ष भने सवारी दुर्घटनाबाट मारिने वन्यजन्तुको सङ्ख्यामा कमी आएको बताउँदै उनले भने, ‘‘यस वर्षमा पाँचवटा स्याल, तीनवटा चित्तल, तीन वटा गिलहरी, दुई वटा बाँदर, तीन÷तीन वटा सरीसृप र हरिणलगायतका जङ्गली जनावर दुर्घटनामा मारिएका थिए ।’’ 

‘‘निकुञ्जले यसलाई परीक्षणको रुपमा लिएको बताउँदै ‘‘छ महिनासम्म यसको अनुगमन गरिने त्यसको आधारमा थप पुल निर्माण गर्न किनेछ’’, उनले भने । उनका अनुसार बाँदरले प्रयोग गरेको देखिएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.