७ जनामा कोरोना पुष्टि भएपछि कैलारीमा लकडाउन
कैलाली । कैलालीको कैलारी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि लकडाउन गरिएको छ । बुधबार बसेको गाउँपालिकाको बैठकले गाउँपालिकालाई अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो । मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षण बाट वडा नं १ मा रहेको दिपेन्द्र मावि क्वारेिन्टनका भान्से, चौकीदार र गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी लगायत ७ जनामा कोरोना पुष्टि भएको थियो । गाउँपालिकामा अनिश्तिकालिन लकडाउन गरिएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले रातोपाटीलाई जानकारी दिए ।
संक्रमितको सम्पर्कमा रहेका व्यतिmहरु गाउँ र धनगढी बजारमा समेत छरिएका छन् । उनीहरुको पहिचान गर्न र स्वाब संकलन गरी चेकजाच नभएसम्म लकडाउन जारी रहने अध्यक्ष चौधरीले बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकालाई लकडाउन गरेको वडा नं. ७ का वडाध्यक्ष कमलप्रसाद चौधरीले बताए । लकडाउनका बेला अत्यवाश्यक कामबाहेक घरबाहिर ननिस्कन र भीडभाड नगर्न गाउँपालिकावासी सबैलाई आग्रह गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
-
बक्सअफिसको निष्पक्षतामा प्रश्न, सूचीबाट किन गायब भए फिल्म ?
-
केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजको पोल्टामा
-
आरआर क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचन गराउन उच्च अदालत पाटनको आदेश
-
बारामा कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु
-
विवाह भइरहँदा बेहुलाले बेहुलीलाई गाली गरेपछि...