शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

७ जनामा कोरोना पुष्टि भएपछि कैलारीमा लकडाउन

बुधबार, २१ साउन २०७७, १३ : २१
बुधबार, २१ साउन २०७७

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि लकडाउन गरिएको छ । बुधबार बसेको गाउँपालिकाको बैठकले गाउँपालिकालाई अनिश्चितकालका लागि लकडाउन गर्ने  निर्णय गरेको हो ।  मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षण बाट वडा नं १ मा रहेको दिपेन्द्र मावि क्वारेिन्टनका भान्से, चौकीदार  र गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी लगायत ७ जनामा कोरोना पुष्टि भएको थियो । गाउँपालिकामा अनिश्तिकालिन लकडाउन गरिएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले रातोपाटीलाई जानकारी दिए ।

संक्रमितको सम्पर्कमा रहेका व्यतिmहरु गाउँ र  धनगढी बजारमा समेत छरिएका छन् । उनीहरुको पहिचान गर्न र स्वाब संकलन गरी चेकजाच नभएसम्म लकडाउन जारी रहने अध्यक्ष चौधरीले बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकालाई लकडाउन गरेको वडा नं. ७ का वडाध्यक्ष कमलप्रसाद चौधरीले बताए । लकडाउनका बेला अत्यवाश्यक कामबाहेक घरबाहिर ननिस्कन र भीडभाड नगर्न गाउँपालिकावासी सबैलाई आग्रह गरिएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप