शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बामदेवले भने – म ठूलो सानो कुनैपनि गुटमा लाग्दिनँ

बुधबार, २१ साउन २०७७, १३ : १८
बुधबार, २१ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफू कुनैपनि गुटमा नलाग्ने बताएका छन् । उपाध्यक्ष गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका हुन् । 
मंगलबार पार्टी अध्यक्ष प्रचण्डसँगको  र त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभएको बताएका हुन् । 
गौतम पछिल्लो समय ओली समूहतिर लागेको भन्ने टिकाटिप्पणी भइरहेको बेला उनले प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत आफ्नो धारणा बाहिर ल्याएका हुन् । 

सुवेदीमार्फत सार्वजनिक भएको गौतमको प्रष्टीकरणअनुसार मंगलबार पार्टी अध्यक्ष प्रचण्ड उपाध्यक्षलाई भेट्न जाँदा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट बताएका थिए । 
सो क्रममा प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी प्रश्न गर्दा उपाध्यक्ष गौतमले ‘म ठूलो–सानो कुनै  पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष प्रचण्डलाई बिदा गरेका थिए । 

सोअघि साउन १३ गते गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्षसमक्ष राखेको प्रस्तावउपर सोही दिन प्रधानमन्त्री  ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसकेको गौतमको भनाइ छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप