बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्डको सूचनाप्रति सगुनको आपत्ति

बुधबार, २१ साउन २०७७, १३ : ०५
बुधबार, २१ साउन २०७७

नेपाली प्रवासीद्वारा स्थापना भएको सगुनले नेपालमा बस्ने नेपालीहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको सम्बन्धी कुनै पनि विज्ञापनहरु नगरेको स्पष्ट पारेको छ । 
सगुनले एक विज्ञप्ति जारी गर्दै नेपाल धितोपत्र बोर्डले तथ्य र विषयवस्तुको विवेचना नगरी सगुनको नाम उल्लेख गरी सूचना प्रकाशित गरेको प्रति दुःख व्यक्त गरेको छ । 

‘नेपाल धितोपत्र बोर्ड जस्तो जिम्मेवार निकायबाट तथ्य र विषयवस्तुको विवेचना नगरी यस संस्थाको नाम उल्लेख गरी सूचना प्रकाशित गर्नु पूर्व यस संस्थासँग सो सम्वन्धमा बुझ्नु पर्नेमा बुझ्दै नबुझी सुनुवाईको मौका समेत नदिई सगुनको नाम उल्लेख गरी प्रकाशित गरेको सार्वजनिक सूचनाबाट सगुन र यसका लगानीकर्ताहरुको मनोवल र ख्यातिमा आँच पुग्न गएकोले दुख व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । 
गत साउन १४ गते प्रकाशित सार्वजनिक सूचनालाई सच्याउन समेत आग्रह गर्दै सगुनले बोर्डलाई स्पष्टीकरण निवेदन समेत बुझाइसकेको जनाएको छ । 

सगुन संयुक्त राज्य अमेरीकाको डेलावयर राज्यमा प्रवासी नेपालीहरुको सक्रियतामा स्थापना भई विश्व भर सामाजिक सञ्जालको रुपमा कार्य गर्दै आएको अमेरीकी कानून बमोजिम दर्ता भएको संस्था हो । सामाजिक सञ्जालको रुपमा फैलिएको सगुनले संयुक्त राज्य अमेरीकाको धितोपत्र तथा विनिमय आयोगबाट शेयर सम्बन्धी कारोवार गर्न अनुमति प्राप्त गरेर सर्वसाधारणका लागि कारोवार गर्दै आईरहेको छ ।

सगुनले बोर्डलाई पठाएकाे निवेदन पत्र


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप