विश्वमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो
एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख ४ हजार ४३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ । सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरमा एक करोड ८७ लाख ९ हजार १६१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड १९ लाख २६ हजार २२४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७८ हजार ४९९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ३३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख १८ हजार ४२० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६० हजार २०९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ४३ लाख ६९ हजार ८४५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५० हजार ६४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५७ लाख ८२ हजार ४९९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २५ हजार ४५० जनाको मृत्यु भएको छ ।
युरोपमा २९ लाख ४३ हजार ५३२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख चार हजार ४७२ को मृत्यु भएको छ । एसिया ४६ लाख ८ हजार ८०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख २ हजार ४३९ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा नौ लाख ८२ हजार २१९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २१ हजार १४३ जनाको मृत्यु भएको छ । ओसियानामा २१ हजार २४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २७२ जनाको मृत्यु भएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई