गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण*
बुधबार, २१ साउन २०७७, १२ : ११
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५५२ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको कुल संख्या १५५२ पुगेको हो । संक्रमितहरु सबै पोखरा महानगरपालिकाका हुन् ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसैबीच गण्डकी प्रदेशमा कोरोना संक्रमण निको हुनेको संख्या १३५४ पुगेको छ ।
यसअघि समाचार शीर्षकमा ९ जना संक्रमित हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएकाे छ : सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल