शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलामा चार वर्षमा ३० बलात्कार

बुधबार, २१ साउन २०७७, ११ : ३०
बुधबार, २१ साउन २०७७

दार्चुलामा चार वर्षका अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्ती करणीका घटना बढ्दै गएका छन् । अझै कयौँ घटना समाजमा मिलाउने भएका कारण सबै  प्रहरीसम्म पुगेका छैनन् । आव २०७३/०७४ मा तीन जबर्जस्ती करणी तथा दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए । यस्तै आव २०७४/०७५ मा पाँच जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् ।

यसैगरी आव २०७५/०७६ मा पाँच जबर्जस्ती करणी र दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको तथा आव २०७६/०७७ मा जबर्जस्ती करणीका आठ र जबर्जस्ती करणी उद्योगका छ मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक चन्दले बताए । बलात्कारका घटनामा अधिकांश बालिका पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । अझै ग्रामीण क्षेत्रबाट बलात्कार, यौन दुव्र्यवहार र महिला हिंसाका अधिकांश घटना प्रहरीसम्म पुग्ने गरेका छैनन् । अहिले पनि यस्ता घटना समाजमै लुकाइएका छन् ।

केहीले प्रहरी तथा अदालतसम्म बलात्कार र यौन दुव्र्र्यवहारका घटना जानकारी दिँदा आफु समाजमा अपहेलित हुने डरले पनि सहेर बस्ने गरेको इन्सेकले जनाएको छ । स्थानीय तहमा न्यायिक समिति भए पनि अझै महिला पीडित हुँदा खुलैर उजुरी दिन सक्ने अवस्था नरहेको अधिकारकर्मी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप