शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा एकाबिहानै चल्यो डोजर

बुधबार, २१ साउन २०७७, ०९ : ५६
बुधबार, २१ साउन २०७७

बुटवलमा सडक मिचेर बनाएका घरहरुमा डोजर लगाएर आज विहानै भत्काइएको छ । बुटवल उपमहानगरपालिकाको वडा नं ९ र ११ मा पर्ने कालिकापथ विस्तारका क्रममा सडक क्षेत्र मिचेर बनाएका घर भत्काउन डोजर चलाएको हो ।

कालिकापथलाई बुटवल उपमहानगरपालिकाले वैकल्पिक सडकको रुपमा विस्तार गर्ने योजना अनुरुप  ८२ फुटको बनाउने क्रममा सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरेपनि अटेर गरेपछि उपमहानगरपालिकाले प्रहरीको सुरक्षा घेरा बनाएर डोजर चलाएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

पटक पटक सडकको क्षेत्राधिकार मिचेका घरहरु भत्काउन आग्रह गर्दा पनि अटेरी गरेपछि उपमहानगरपालिकाले यही साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो ।

पुरानो बसपार्कदेखि भित्री सडक योगीकुटीसम्मको कालिकापथ भनिने यो सडकलाई विस्तार गरी २५ मिटर फराकिलो बनाइने छ । यो सडकको विस्तारको कामका लागि प्रदेश ५ सरकारले बजेट व्यवस्था गर्नेछ । २०५४ सालमै यो सडकलाई ८२ फुट (२५ मिटर) कायम गरी विस्तारको योजना बनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप