लेबनानको राजधानी बेरुतमा भयानक बिस्फोटः कम्तीमा ७० को मृत्यु, हजारौं घाइते

लेबनानको राजधानी बेरुतमा भयानक बिस्फोट भएको छ ।
लेबनानका स्वास्थ्यमन्त्रीले कम्तीमा ७० जनाको मृत्यु भएको पुष्टि गर्दै ४ हजार व्यक्ति घाइते भएको जानकारी दिएका छन् । लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक दिवस घोषणा गरेका छन् ।
अधिकारीका अनुसार भारी बिस्फोटक पदार्थ भण्डार गरिएको एक गोदाममा बिस्फोट भएको हो । राष्ट्रपति माइकल इयोनले ट्वीट गर्दै २ हजार ७ सय ५० टन बिस्फोटक नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्विकार्य भएको बताएका छन् । बिस्फोट कसरी भयो यसको अनुसन्धान जारी छ ।
घटनास्थलमा भएका बीबीसी पत्रकारका अनुसार शव छरिएका छन् र भारी क्षती भएको छ । प्रधानमन्त्री हसन दिआबले यसलाई भयावह बताएका छन् र घटनाका दोषीलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् ।
उक्त बिस्फोटक नाइट्रेट सन् २०१४ देखि नै भण्डार गरिएको थियो । समाचार एजेन्सी एएफपीसँग एक प्रत्यक्षदर्शीले वरिपरिका सबै भवन ध्वस्त भएको र चारैतिर सिसा र भग्नावशेष भएको जानकारी दिएका छन् । बिस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो ।
यो बिस्फोट सन् २००५ मा लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरीको हत्याको अनुसन्धान र अदालती सुनुवाईको निर्णय आउनु ठिक अघि भएको हो ।
2 big explosions heard in Central Beirut this evening. Everyone is advised to stay calm. Any Indian community member in need of any help, may contact our Help Line. @MEAIndia @SecySanjay pic.twitter.com/xWlgU8WdNB
— India in Lebanon (@IndiaInLebanon) August 4, 2020
बिस्फोट शहरको तटीय इलाकामा भएको हो । अनलाइन पोस्ट गरिएको भिडियोमा बिस्फोटको दृश्य निकै भयानक छ । आगोका लप्का निकै माथिसम्म उठिरहेको देख्न सकिन्छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हलिउड फिल्म ‘टासी’ को छायाङ्कन टोली मुस्ताङमा
-
निजी विद्यालय र प्रारम्भिक बाल विकासको विषय टुङ्गिन सकेन
-
प्ले–अफ चरणमा पुग्न हतारिएको गुजरात र अगाडि बढ्न संघर्षरत दिल्ली भिड्दै
-
फौजदारी अभियोगमा थुनिएका शिक्षकले सफाइ पाएपछि मागे थुना अवधिभरको तलब, सर्वोच्चले के भन्यो ?
-
वाईसीएल अध्यक्ष पदका लागि आकांक्षीको लर्को
-
उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन