शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनैतिक क्रियाकलापमा संलग्न एक जोडी प्रहरीको नियन्त्रणमा

मङ्गलबार, २० साउन २०७७, २३ : ३२
मङ्गलबार, २० साउन २०७७

रौतहट । प्रहरीले अनैतिक कार्य गर्दै गरेको अवस्थामा एक जोडीलाई पक्राउ गरेको छ । रंगेहात पक्राउ पर्नेमा स्थानीय यमुनामाई गाउँपािलका वार्ड नम्बर ५ का श्यामबाबु राय यादव र एकजना महिला रहेकी छिन् । यमुनामाई गापाको कार्यालय छेउ सरुअठा चौकमा गएराति एक छाप्रोमा अनैतिक क्रियाकलाप गर्दागर्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सो घटनामा अन्य तीन जना पनि सहभागी रहेको प्रहरीको भनाई छ ।

चन्द्रपुरबाट ४ जनाले एक महिलालाई पाँच सय रुपैयाँ दिएर प्रलोभनमा पारी सो कार्य गरेको जनाइएको छ । यादव पक्राउ परेपछि उनीसंगै रहेका अन्य ३ जना भाग्न सफल भएका थिए । सरुअठा प्रहरी चौकी बडहर्वाबाट गएको गस्ती टोलीले यादवलाई  पक्राउ गरेको हो । पक्राउ परेका जोडी  जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले घटनाबारे आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएका छन् । साथै फरार अन्य ३ जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप