शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विधेयक टेबुल

मङ्गलबार, २० साउन २०७७, २२ : ४१
मङ्गलबार, २० साउन २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले ‘प्रदेश बालबालिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ टेबुल गरेका छन् । यसैगरी आन्तरिक मामिला तथा कानूनमन्त्रीको तर्फबाट सामाजिक विकासमन्त्री सुवेदीले ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ समेत टेबुल गरे ।

बैठकमा प्रदेशसभा विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल पछि तयार भएको ‘रेडियो, एफएम तथा टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का सम्बन्धमा तयार पारिएको प्रतिवेदन समितिका सभापति नेपालु चौधरीले प्रस्तुत गरेका छन् ।
 
बैठकको विशेष समयमा प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले समसामयिक विषयमा बोलेका थिए । गएको असार २४ गते चालू आर्थिक वर्षको प्रदेश सरकारको बजेट पारित गरेपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित प्रदेशसभाको बैठक आज लामो समय पछि शुरु भएको हो ।

कोरोना रोकथामका लागि परीक्षणको दायरा बढाउनुपर्ने, रोकथाममा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्नेलगायत माग राखी प्रतिप्रक्षी दलको विरोध र नाराबाजीका बीच गएको असार २४ गते सरकारको चालू आवको बजेट पारित भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप