इनफ इज इनफको मागप्रति जसपा नेपालको ऐक्यवद्धता
मङ्गलबार, २० साउन २०७७, १९ : ५१
काठमाडौं । इनफ इज इनफ अभियन्ताले विभिन्न माग राखी जारी राखेको अनशनप्रति जनता समाजवादी पार्टी नेपालले ऐक्यवद्धता जनाएको छ । इनफ इज इनफ अभियन्ताहरुले कोरोना भाइरसको सबल व्यवस्थापन सहितका १४ बुँदे माग राखी अनशन बस्दा पनि सरकारले त्यसको बेवास्ता गरेको भन्दै जसपा नेपालले अनशनरत अभियन्ताहरुका स्वास्थ्यमा गम्भीर प्रकारका समास्याहरु देखिन आएको बताएको छ ।
जसपाका कार्यकारिण समितिको तर्फ प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा अस्पतालमा भर्ना भएका अभियन्ताहरुको निशुल्क उपचार र अनशनरत अन्य अभियन्ताहरुको स्वास्थ्य परिक्षण गरी आवश्यक उपचारको व्यवस्था गर्न माग गरेको छ ।
साथै उनीहरुले राखेको जायज माग अविलम्ब पुरा देशको विग्रदो अवस्थामा सुधार ल्याउन अल्पकालिन र दीर्घकालिन योजना बनाई उचित व्यवस्थापन एवं कदम उठाउन पनि सो पार्टीले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने
-
नेपाल र कतारबिच ८ वटा सम्झौता
-
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
-
‘बजेट बढाउने र कार्यान्वयन गर्ने दुवै चुनौती छ’
-
२०७२ को विनाशकारी भूकम्प : सम्झनामा बृहत् फोटो प्रदर्शनी, तस्बिरहरू