मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अयोध्यामा राममन्दिर निर्माण हुँदै, नेपालमा उत्सव मनाउन आग्रह

मङ्गलबार, २० साउन २०७७, १६ : १९
मङ्गलबार, २० साउन २०७७

काठमाडौं । भारतको अयोध्यामा बुधबार राम मन्दिर निर्माण कार्यको शुभारम्भ हुने भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विशिष्ट अतिथिहरुको सहभागितामा राम मन्दिर निर्माण सुरु गर्न लागिएको हो ।  ९ महिनाअघि भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माण गर्न दिइने फैसला सुनाएको थियो ।

त्यसअघि बाबरी मस्जिद र राम मन्दिर निर्माणका लागि आ–आफ्नो माग दाबी गर्दै ७० वर्षसम्म अदालती लडाइँ चलेको थियो । अदालतले विवादित भूमिमा राम मन्दिर निर्माण गर्न दिइने र मुस्लिमहरुका लागि अयोध्यामै अलग ५ एकड जमिन उपलब्ध गराउने फैसला गरेको थियो । यस फैसलापछि भगवान् रामको जन्मभूमिमा राम मन्दिर निर्माण गर्न लागिएको हो । 

राम मन्दिर निर्माणको शुभारम्भ हुने दिनलाई विश्व हिन्दू परिषद् नेपालले पनि उत्सवका रुपमा मनाउने निर्णय गरेको छ । परिषद्ले कोरोना महामारीको प्रकोपलाई ध्यानमा राख्दै स्थानीय स्तरमा उत्सव मनाउन सनातनी हिन्दू धर्मालम्बीलाई आग्रह गरेको हो । 
विज्ञप्तिको पूर्णपाठ:


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप