अयोध्यामा राममन्दिर निर्माण हुँदै, नेपालमा उत्सव मनाउन आग्रह
काठमाडौं । भारतको अयोध्यामा बुधबार राम मन्दिर निर्माण कार्यको शुभारम्भ हुने भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विशिष्ट अतिथिहरुको सहभागितामा राम मन्दिर निर्माण सुरु गर्न लागिएको हो । ९ महिनाअघि भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माण गर्न दिइने फैसला सुनाएको थियो ।
त्यसअघि बाबरी मस्जिद र राम मन्दिर निर्माणका लागि आ–आफ्नो माग दाबी गर्दै ७० वर्षसम्म अदालती लडाइँ चलेको थियो । अदालतले विवादित भूमिमा राम मन्दिर निर्माण गर्न दिइने र मुस्लिमहरुका लागि अयोध्यामै अलग ५ एकड जमिन उपलब्ध गराउने फैसला गरेको थियो । यस फैसलापछि भगवान् रामको जन्मभूमिमा राम मन्दिर निर्माण गर्न लागिएको हो ।
राम मन्दिर निर्माणको शुभारम्भ हुने दिनलाई विश्व हिन्दू परिषद् नेपालले पनि उत्सवका रुपमा मनाउने निर्णय गरेको छ । परिषद्ले कोरोना महामारीको प्रकोपलाई ध्यानमा राख्दै स्थानीय स्तरमा उत्सव मनाउन सनातनी हिन्दू धर्मालम्बीलाई आग्रह गरेको हो ।
विज्ञप्तिको पूर्णपाठ:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
-
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण