केन्द्रीय संस्करण

सरकारले साथ दिए सिनेमा रिलिज गर्न तयार छौंः अध्यक्ष अधिकारी

person explore access_timeसाउन २०, २०७७ chat_bubble_outline0

काठमाडौं । चलचित्र क्षेत्रलाई सुचारु गर्न सरकारले साथ दिए सिनेमा रिलिज गर्न तयार रहेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए । कोभिड १९ का कारण चलचित्र क्षेत्र सबैभन्दा धेरै प्रभावित भएकाले संघले सरकारसँग विभिन्न माग राखेको र ती माग पुरा भए चलचित्र रिलिज गर्न आफुहरु तयार रहेको अधिकारीले बताएका छन् । 

मंगलबार कुरा गर्दै अध्यक्ष अधिकारीले सिनेमा हल खोल्ने वातावरण भए सिनेमा रिलिज गर्न तयार रहेको बताएका हुन् । सिनेमा निर्माताले कुनैपनि सिनेमा निर्माण गर्न बनाएको बजेटको २० प्रतिशत ग्राण्ड रकम सरकारले उपलब्ध गराउनुपर्ने, डिजिटल माध्यमबाट सिनेमा रिलिज गर्न सक्नेगरी भुक्तानी प्रणालीको विकास गर्नुपर्ने लगायतका माग संघले राखेको थियो ।

ग्राण्ड रकम उपलब्ध भए चलचित्र प्रवद्र्धनका लागि सहज हुने र निर्माताले सहजै चलिचित्र रिलिज गर्न सक्ने वातावरण बन्ने उनको भनाई छ । सुरुमा नेगेटिभबाट रिलिज भएका पुराना सिनेमाहरुलाई डिजिटल माध्यमबाट रिलिज गरी सिनेमा घर खुलेको सन्देश दिन सकिने र त्यसपछि मात्रै दशैं सम्ममा नयाँ सिनेमा रिलिज गर्ने वातावरण बन्ने अध्यक्ष अधिकारीले बताए ।

लकडाउनका कारण चलचित्र उद्योग बन्द हुँदा प्रतक्ष रुपमा ३० देखि ३२ हजार र अप्रतक्ष रुपमा एक लाख पचास हजार सम्मले रोजगारी गुमाएको अधिकारीले बताए । उनले चलचित्र क्षेत्रमा लगानी भएको १ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी लगानी जोखिममा परेको बताए ।

कोभिडका कारण ठूलो क्षति भएको क्षेत्रलाई बजेटले समेटन नसकेको तर मौद्रिक नीतिबाट अधिकांश समस्याहरु समाधान भएको उनले बताए । सरकारले पुनरकर्जा सुविधा दिएपनि त्यसको उपयोग सिमित व्यक्तिहरुले मात्रै गर्न सक्ने भएकाले आफुहरुले पुनरउत्थानको माग गरेको स्पस्ट पारे । पुनरउत्थान कोष निर्माण गरेमा सतहमा पुगेको चलचित्र क्षेत्रलाई माथि उठाउन सकिने तर त्यसलाई मौद्रिक नीतिले समेत सम्बोधन गर्न नसकेको अधिकारीले बताए ।

लकडाउन भएयता चलचित्र क्षेत्र पूर्णरुपमा बन्द छ । अधिकारीका अनुसार चैतदेखि जेठसम्म प्रदर्शनका लागि मिति लिएर बसेका २३ देखि २५ वटा सिनेमा, पोस्टप्रोडक्सनमा रहेका २० वटा सिनेमा र केही दिनको छायांकन भएर रोकिएका १५ वटा सिनेमा रहेको तथ्याङ्क संघमा प्राप्त भएको बताए । यी सहित लकडाउन खुल्नासाथ छायाँकनमा जान तयार रहेका सिनेमा गरी कूल ७५ वटा सिनेमाको काम रोकिएको अधिकारीले बताए ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.