लकडाउनबारे विज्ञका सुझाव कार्यान्वयनमा लैजाने प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि विज्ञहरुबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएका छन् । मंगलबार सरोकारवाला र विज्ञहरुलाई बालुवाटारमा बोलाएर सुझाव लिएका प्रधानमन्त्री ओलीले प्राप्त सुझाव कार्यान्वयनमा लैजान आफू प्रतिवद्ध रहेको जनाएका हुन्।
प्रम ओलीले स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका हुन् । उक्त परामर्शमा २५ जनाको उपस्थिति रहेको प्रमका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘परामर्शमा प्रमुख प्रतिपक्ष दलका काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित २५ जनाको उपस्थिति रहेको थियो’, सल्लाहकार थापाले भने, ‘ सुझाव दिनेहरुलाई प्रधानमन्त्रीले धन्यवाद दिनुभयो र कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभयो ।’
थापाले सुझावहरु एकै खालका नभएको भन्दै समग्रतामा कोभिड समस्या बढिरहेको सन्दर्भमा मिश्रित सुझाव प्राप्त भएको बताए । ‘कतिपयले लकडाउन गर्नुपर्ने, कतिपयले कडा कदम चाल्न सुझाव दिनुभएको छ । तराइका, वीरगन्ज, नेपालगञ्ज लगायतमा धेरै समस्या देखिएको तथा काठमाडौँमा समेत पछिल्लो समय संक्रमित बढेको अवस्थामा विज्ञका सुझावलाई महत्त्वपूर्ण रुपमा लिने र कार्यान्वयनमा लैजाने भनेर निष्कर्ष निस्किएको छ’, थापाको भनाइ छ ।
साढे चारघण्टा भएको परामर्शले सरकारले चालेका कदम र अव चाल्ने कमदमा निम्ति नयाँ मार्गनिर्देश गरेको पनि थापाले जानकारी दिए । परामर्शमा स्वास्थ्य मन्त्रालय र सिसिएमसीका पदाधिकारी पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण