शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभा बैठक २७ दिनपछि शुरु

मङ्गलबार, २० साउन २०७७, १५ : ५५
मङ्गलबार, २० साउन २०७७

कैलाली । प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको सुदूरपश्चिम प्रदेशसभा बैठक २७ दिनपछि शुरु भएको छ । प्रतिपक्षी दलले विभिन्न माग राख्दै संसद अवरोध गरेपश्चात अनिश्चितकालका लागि बन्द भएको प्रदेशसभा बैठक २७ दिनपछि आज शुरु भएको हो । 

प्रतिपक्षी दलले पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने र कोरोना नियन्त्रणका लागी गरिएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने माग राख्दै असार १० गतेबाट संसद अवरोध गर्दै आइरहेको थियो । असार २४ गते विरोधका बाबजुद पनि प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७७।०७८ को बजेट पारित गरेको थियो ।  

बैठकमा भने प्रतिपक्षी दलले संसद अवरोध गरेका छैन । आज बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले सदनलाई बन्धक बनाउन उचित नभएको भन्दै सञ्चाल गर्न सहमत भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप