बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुशील भट्ट भन्छन्- ‘ममाथि प्रश्न उठेका छन्, समय आएपछि सबैको जवाफ दिन्छु’

मङ्गलबार, २० साउन २०७७, १४ : २०
मङ्गलबार, २० साउन २०७७

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले आफूबारे उठेका सबै प्रश्नको जवाफ दिने बताएका छन् । सोमबार मात्रै बोर्डको सीईओमा नियुक्त भएका भट्टले मन्त्रिपरिषद्को निर्णय आधिकारिक रुपमा बाहिर नआएको र निर्णय परिपक्व समेत नभइसकेको अवस्थामा आफूले बोल्न उपयुक्त नहुने भन्दै आधिकारिक नियुक्तिपछि सबै प्रश्नको जवाफ दिने बताए । 

मेरो नियुक्तिको बारेमा तपाइँहरुले समाचार त लेख्नुभयो, तर यसबारे आधिकारिक रुपमा मैले केही जानकारी पाएको छैन । त्यसबारे आधिकारिक रुपमा जानकारी होला, नियुक्ति नै भए पनि त्यो निर्णय परिपक्व हुन समय लाग्ला । त्यही भएर म केही बोलेको छैन’ भट्टले भने, ‘मेरो बारेमा बजारमा प्रश्न पनि उठेका छन्, ती प्रश्नको जवाफ पनि दिनुछ । त्यो पनि त्यतिबेलै उपयुक्त हुनसक्छ ।’

राष्ट्रिय योजना आयोगका बहालवाला सदस्य रहेका भट्टले बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि पेश गरेको योग्यता र उनी सीईओ बन्दा स्वार्थ बाझिनसक्ने भन्दै उनको नियुक्तिको वैधानिकतामाथि पछिल्लो समय प्रश्न उठाइएको छ । उनले सीईओ नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको सदस्य रहेको, डेजिस सहयोग नियोग (डेनिडा) मा काम गरेको तथा आफ्नै भाइ दीपक भट्टको कम्पनीमा काम गरेको अनुभव देखाएका छन् । 

उता भट्टका सहोदर भाइ दीपक भट्ट विदेशी कम्पनीहरुको नेपालको लागि एजेन्टको काम गर्ने गरेकोमा उनलाई नियुक्त गर्दा स्वार्थ बाझिने र प्रमुख कार्यकारी अधिकृतको काम प्रभावित हुने शंका समेत गरिएको छ । राष्ट्रिय योजना आयोगको सदस्य हुँदा समेत उनले यही स्वार्थमा काम गरेको आरोप समेत उनीमाथि लाग्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप