प्रधानमन्त्रीलाई देउवाले भने, सुझाव लिनेमात्रै होइन, काम पनि गर्नुस्
काठमाडौ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीले बोलाएको विज्ञहरुको बैठकबाट बाहिरिएका छन् । छोटो समय बसेर आफ्नो धारणा राखेका देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताएका थिए ।
बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले काम गर्ने सरकारले नै भएको बताए । ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन बोलाउनुपर्यो ?’, देउवाको भनाइ छ । उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताए । ‘कुरा कसैको नुसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु केही छैन । दिएको सुझाव कार्यान्वयन गर्नुुस् भनेर भनेँ’, देउवाको भनाइ छ ।
बैठक सुरु हुनुअघि बालुवाटारमा पुगेका सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री केपी ओलीले संक्षिप्त प्रतिकृया दिएका थिए । त्यसक्रममा उनले सरकारले २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन भनेपनि नागरिकले नै वेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाए ।
‘तर सरकारले भनेको नमानी हाम्रै साथिीरु कहिले स्थायी समिति बैठकको कुरा त कहिले केन्द्रीय समिति अनि केही महाधिवेशन गरौँ भन्छन् । यस्तो अवस्थामा भिडभाड गर्न नहुनेमा हामी आफैबाट भिडभाड भइरहेको छ । यसलाई हामीले गम्भीर रुपमा लिएर छलफल गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘दिनप्रतिदिन कोरोनाको जोखिम बढेको अवस्थामा राजनीतिक दलहरुले पनि भेला, समारोह र बैठक गर्दा सोच्नुपर्ने अवस्था छ ।’
उनले मिडियाले सरकार नै देखिएन भनेर गरेको प्रचार पनि सही नभएको दावी गरे । ‘काम गरिरहेकै छ सरकार अव कसरी हो त सरकार देखिने ?’ओलीको प्रश्न छ । मिडियाले सरकार देखिएन भनेरमात्रै नहुने भन्दै सरकारले काम गरेका ठाउँमा पुगेर देख्न प्रधानमन्त्री ओलीको आग्रह थियो ।
‘संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्छ ।यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन भनेर, कहिले लकडाउन खोलेको भनेर विरोध । महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न । यसलाई विरोधको अवसरका रूपमा लिनु हुन्न’, प्रधानमन्त्री ओलीले भने, ‘लकडाउन गर्ने नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गरिन्छ । तर हरेकले सामाजिक दूरी कायम गर्ने ,मास्क लगाउने गर्नुपर्छ ।’ देउवा बैठकबाट निस्केपनि छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास