शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको सम्भावित खोपको परीक्षणमा सहभागी हुन आउने ५ मध्ये एकमा पहिले नै एन्टीबडी पाइयो

मङ्गलबार, २० साउन २०७७, १२ : २०
मङ्गलबार, २० साउन २०७७

भारतको नयाँ दिल्लीस्थित एम्समा भारतमा निर्मित कोभिड–१९ को विरुद्धको सम्भावित खोप ‘कोभ्याक्सिन’ को परीक्षणका लागि दर्ता गर्न आएका २० प्रतिशतको शरीरमा पहिले नै कोरोनाभाइरसविरुद्ध एन्टिबडी रहेको पाइएको छ । उनीहरुलाई परीक्षणका आयोग्य करार गरिएको थियो ।

एम्सले इच्छुक सहभागीहरुलाई भर्ना गर्न दुई हप्ताअघि सुरु गरेको थियो । हालसम्म ८० जनाको स्क्रिनिङ गर्दा १६ जनालाई मात्र भर्ती गरिएको इन्डियन एक्सप्रेसले स्रोतलाई उल्लेख गर्दै समाचार लेखेको छ । एम्सले १०० जनालाई यो खोप दिनेछ र पहिलो मात्रा दिइएको कम्तिमा दुई हप्ता निगरानीमा राख्नेछ ।

यस परीक्षणका लागि १८ देखि ५५ वर्ष उमेरका मुटु, किड्नी, कलेजो या फोक्सोको समस्या लगायत नभएका व्यक्तिहरु योग्य ठहरिनेछन् । यस परीक्षणमा सहभागी हुने स्वयम्सेवकहरुलाई भर्ती गर्नअघि उनीहरुको स्वास्थ्य परीक्षण तथा कोरोना परीक्षण गरिन्छ ।

‘अस्वीकार गर्ने दर निकै धेरै छ किनभने हामी स्वस्थ स्वयम्सेवकलाई मात्र भर्ती गर्न चाहन्छौँ । हालसम्म २० प्रतिशत स्वयम्सेवकमा पहिले नै एन्टिबडी रहेको पाएका छौँ । यसको अर्थ उनीहरुले पहिले नै संक्रमित भइसकेका छन् । अरुको स्वास्थ्यमा समस्या देखिएको कारण उनीहरुलाई भर्ती नगरिएको हो,’ एम्सका एक शीर्ष डाक्टरले बताए ।

‘कुनै मानिसको शरीरमा एन्टीबडी हुनुको अर्थ उनी पहिले नै भाइरससँग संक्रमित भएर र निको भएको भन्ने हो,’ ती डाक्टरले भने, ‘यसले उनीहरुमा खोपको प्रभाव अध्ययन गर्न अप्ठ्यारो हुन्छ ।’

एम्समा परीक्षणका लागि हालसम्म ३५ सयभन्दा बढीले निवेदन दिएका छन् । गत जुलाई २४ मा एक ३० वर्षीय पुरुषलाई पहिलोपटक कोभ्याक्सिनको पहिलो डोज दिइएको थियो । उनलाई ०.५ एमल भ्याक्सिन दिइएकोमा पहिलो हप्ताको अन्त्यसम्म कुनै समस्या नदेखिएको अस्पतालले जनाएको छ । उनलाई अर्को शुक्रबारसम्म अनुगमन गरेर दोस्रो मात्रा दिइनेछ ।

यो खोपलाई हैदरावादको भारत बायोटेक र नेसनल इन्सिटिट्युट अफ भाइरोलोजी एन्ड इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले यसलाई निर्माण गरेको हो ।

स्रोतः इन्डियन एक्सप्रेस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप