केन्द्रीय संस्करण

दार्चुलामा लागुऔषधसहित एक पक्राउ

person explore access_timeसाउन २०, २०७७ chat_bubble_outline0

दार्चुला । जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । दार्चुला सदरमुकाम खलङ्गास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सोमबार सञ्चालनमा आएपछि महाकाली नगरपालिका–४ का ३५ वर्षीय राजेश निरौला पक्राउ परेका हुन् । 
 
पुल खुला भएका समयमा  भारतको धार्चुलाबाट लागुऔषध लिएर आएका निरौलालाई जाँचका क्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए । 

धार्चुलामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका एक नेपालीको दाहसंस्कारमा सहभागी हुन  पुल सञ्चालनमा ल्याइएको थियो । पुल खुलेसँगै दार्चुला र धार्चुलाबाट स्थानीयवासीको पुलमा आवतजावत बढेको थियो । 

यसैबीच प्रहरीले  नेत्रविकम चन्द समूहका नेता विष्णुराज लेखकलाई पक्राउ गरेको छ । यही साउन ८ गते शैल्यशिखर नगरपालिका–९ का वडाध्यक्ष रामधनी विष्ट सवार मोटरसाइकल आगजनीमा संलग्न रहेको अभियोग उनीमाथि लगाइएको छ । 

यसअघि प्रहरीले सो घटनामा संलग्न रहेको अभियोगमा शैल्यशिखर–२ रतौडा घर भएका चन्द समूहका जिल्ला कमिटी सदस्य प्रताप वड, चक्रमान विक तथा शैल्यशिखर–३ लुइटाका धनीराम लावडलाई पक्राउ गरेको थियो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.