शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा सुरु भयो विज्ञसँग प्रमको छलफल,  देउवा र ठाकुर पनि सहभागी

मङ्गलबार, २० साउन २०७७, १२ : ०६
मङ्गलबार, २० साउन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि विज्ञहरुसँग छलफल थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरु समेत सहभागी छन् । 
छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका महन्त ठाकुर पनि सहभागी छन् । 

मुलुकमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् । सरकारले लकडाउन खुला गरेपछि संक्रमण फैलिएको भन्दै विज्ञहरुले पुनः लकडाउन गर्नुपर्ने सुझाव दिँदै आएका छन् । सरकारले विज्ञहरुको राय बुझेर लकडाउन गर्ने या नगर्ने भन्ने निर्णय गर्ने तयारी गरेको छ ।

बैठक सीसीएमसीका पदाधिकारीको पनि सहभागिता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप