बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टिनको सुरक्षामा खटिएका सुरक्षा गार्डद्वारा आत्महत्या

मङ्गलबार, २० साउन २०७७, ११ : ३९
मङ्गलबार, २० साउन २०७७

बुटवल । रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनको सुरक्षामा खटिएका एक सुरक्षा गार्डले आज बिहान आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाएका छन् ।
देवदह–५ दुर्गामन्दिर टोल घर भई वडा नं.७ शीतलनगरस्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले आफ्नै शरीरमा आगो लगाएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

शरीरका मट्टितेल छर्किएर आगो लगाएपछि गम्भीर अवस्थामा उद्धार गरिएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारकै क्रममा मृत्यु भएको हो । 
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले बिहान अस्पतालमा मृत्यु भएको बताए । उनले आत्महत्या गर्नुको कारण अझै खुल्न नसकेको भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । 

देवदह नगरपालिका मेयर हिरा केसीले बस्याललाई एक हप्ता जति दैनिक ज्यालादारी चौकिदारको काम गर्ने गरी वडा कार्यालयले सुरक्षा गार्डको काममा राखेको बताए । उक्त क्वारेन्टिनमा १६ जना रहेका छन् । पछिल्लो समय  प्रहरीमा जनशक्ति कम भएपछि  स्थानीय तहले एक जना सुरक्षा गार्ड नियुक्त गर्ने  सहमति अनुसार उनलाई नियुक्त गरिएको मेयर केसीले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप