बामदेव फकाउन होडबाजी, भैँसेपाटी पुगे प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् । एक साताअघि दुई अध्यक्ष सामु ६ बुँदे प्रस्ताव अघि सारेका गौतम त्यससता अर्का अध्यक्ष केपी ओली निकट हुन पुगेको विश्लेषण हुन थालेका बेला प्रचण्ड गौतम भेट्न निवास पुगेका हुन् ।
ओलीपछि प्रचण्डपनि गौतमलाई भेट्न भैँसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले प्रचण्ड गौतम भेट्न भैसेपाटी आएको पुष्टि गर्दै समसामयिक विषयमा नेताहरुबीच छलफल हुनु सामान्य भएको प्रतिक्रिया दिए ।
यसअघि गौतमले नेकपा विवाद उत्कर्षमा पुगेका बेला सहमतिको लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेसँगै ओली गौतमलाई भेट्न उनको निवास पुगेका थिए । गौतमको ६ बुँदे प्रस्तावमा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने उल्लेख छ ।
यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ ।
यसबाहेक पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ । यसबाहेक पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनको प्रस्ताव छ ।
लगत्तै गौतमलाई आस्वस्त पार्न ओली भैसेपाटीस्थित निवास पुगेर यसअघि गौतमसँग भएका सहमति कार्यान्वयन गर्ने आश्वस्त पारेका थिए । नेकपा विवादमा कहिले प्रचण्ड र कहिले ओली खेमातिर लाग्दै आएका गौतम पछिल्लो समय ६ बुँदेमार्फत ओली कित्तामा उभिन पुगेको भनिएका बेलामा नेकपा सचिवालयमा ओली पक्षको बहुमत पुगेको विश्लेषण हुन थालेको छ । यसपछि प्रचण्ड–नेपाल समूह सचिवालयमा अल्पमतमा पर्दै सशंकित हुन पुगेको छ ।
आजै ओली प्रचण्डबीच वार्ता हुँदैछ । साँझ ५ बजे हुने वार्तामार्फत सहमतिको बिन्दु खोज्न प्रयास हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल