शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण बढेपछि प्रधानमन्त्रीले विज्ञहरुलाई छलफलका लागि बालुवाटार बोलाए

मङ्गलबार, २० साउन २०७७, ०९ : ०१
मङ्गलबार, २० साउन २०७७

काठमाडौँ । लकडाउन खुलेसँगै काठमाडौंँसहित देशभर कोरोना संक्रमण बढेपछि सर्वसाधारणमा त्रास थपिएको छ भने सरकार यसको नियन्त्रण कसरी गर्ने भन्ने उपायको खोजीमा जुटेको छ । पछिल्लो समय कोरोना सक्रमण दर बढेपछि देशका प्रमुख शहरहरुमा निषेधाज्ञा, कर्फ्यु लगायतका उपाय लगाएपनि कोरोना संक्रमणको मिटर बढ्दो छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे कोरोना नियन्त्रणका लागि विज्ञहरुसँग सामूहिक परामर्श गर्दै छन् । भयावह स्थिति आउनसक्ने चिन्ता बढेपछि सरकारले नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे छलफल गर्दै रणनीति तय गर्न प्रधानमन्त्री ओलीले मंगलबार छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सल्लाहकार थापाले कुन–कुन क्षेत्रका विज्ञहरुसँग छलफल गर्न लागेको भन्नेबारेमा अहिलेसम्म नखुलाइएको भन्दै २० भन्दा बढीको सहभागीता रहनसक्ने बताए ।

सरकारले गत चैत ११ बाट सुरु गरेको लकडाउन साउन ७ मा अन्त्यपछि नागरिकहरुले सुरक्षामापदण्डको वेवास्ता गर्दै आएका छन् । जसले गर्दा कोरोना संक्रमण समुदायस्तरमै पुगिसकेको कतिपयको भनाइ छ । तर सरकारले भने संक्रमण समुदायस्तरमा पुगिनसकेको दावी गर्दै आएको छ ।

लकडाउनको अन्त्यपछि बजार, पसललगायत सार्वजनिक स्थलमा भीड बढेको छ । तर पछिल्लो पटक काठमाडौँ उपत्यकामा समेत संक्रमित बढ्न थालेपछि सरकारले काठमाडौँ प्रवेशमा राति ७ देखि बिहान ७ बजेसम्म अत्यावश्यकबाहेक अरूलाई रोक लगाएको छ भने परीक्षणलाई बढाएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप