शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज गाईजात्रा पर्व मनाइँदै, सावधानी अपनाउन आग्रह

मङ्गलबार, २० साउन २०७७, ०८ : २९
मङ्गलबार, २० साउन २०७७

काठमाडौं – आज काठमाडौं उपत्यका लगायत देशका अन्य जिल्लाहरुमा गाईजात्रा पर्व मनाइँदैछ । 

गाईजात्रा पर्व हरेक भाद्र कृष्ण प्रतिपदाका दिन नेवार समुदायमा मनाइन्छ ।

विशेषगरी, काठमाडौँ उपत्यकाका नेवार समुदायमा प्रचतिल यो पर्व देशका अन्य जिल्लाहरुमा समेत नेवार समुदायको बसोबास भएकाले  जात्रा मनाउने चलन बढ्दै गएको छ । 

गाईजात्रा पर्वको सुरुवात तत्कालीन राजा प्रताप मल्लले गरेका थिए । उनले छोरा चक्रवर्तेन्द्रको मृत्युबाट भावविह्वल भएकी आफ्नी रानी भुवन लक्ष्मीलाई दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन वर्ष दिनभित्र मानिस मरेका घरबाट गाईजात्रा निकाल्न लगाएको र यसले कालान्तरमा जात्राको रूप लिएको इतिहासमा उल्लेख छ ।

जात्रा परिक्रमा गर्दा गराउँदा मल्लको तत्कालीन हनुमानढोका दरबार घुमाउनुपर्ने प्रचलन रहीआएको छ । 

यो वर्ष भने गाईजात्रा पर्व होसियारीपूर्वक मनाउन आग्रह गरिएको छ । कोरोनाभाइरसको संक्रमण फैलँदै गएकाले जात्रामा हुने भीडभाडका कारण भाइरस फैलने सक्ने भएकाले सरकारले यस वर्षको गाईजात्रा तामझामका साथ नगर्न अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप