बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलबारको मौसम पूर्वानुमानः राति यी स्थानमा भारी वर्षा

मङ्गलबार, २० साउन २०७७, ०७ : २८
मङ्गलबार, २० साउन २०७७

जल तथा मौसम विज्ञान विभागले आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । 

मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको जानकारी दिएको छ । 

मौसम विज्ञान विभागको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर आंशिक बादली रहेता पनि अपरान्हपछि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यसैगरी, राति देशभर सामान्य बदली रही  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का र मध्यम वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ । 

त्यस्तै, प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप