शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१७ लाख ठगी गर्ने पक्राउ

सोमबार, १९ साउन २०७७, २२ : १०
सोमबार, १९ साउन २०७७

नेपाल प्रहरीले पोल्यान्ड पठाइदिन्छु भनी रु १७ लाख ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले चितवनका विभिन्न व्यक्तिसँग पोल्यान्ड पठाइदिने भन्दै ठूलो रकम लिने चितवनकी ४० वर्षीय कमलाकुमारी थापालाई आज पक्राउ गरेको हो । 

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले विभिन्न प्रलोभनमा पारेर लक्ष्मी देवकोटासमेतका व्यक्तिसँग ठूलो रकम लिएको उजुरीका आधारमा थापालाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ परेकी थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप