मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा २ जनाको मृत्यु

सोमबार, १९ साउन २०७७, २१ : ०७
सोमबार, १९ साउन २०७७

बुटवल । रुपन्देहीमा सोमबार एक जनाको माछा पोखरीमा डुबेर र एक जनाको कुलोले बगाएर मृत्यु भएको  छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा अनुुसार तिलोत्तमा नगरपालिका  आज दिउसो माछालाई दाना दिने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ।  भने सोही नगरपालिका कुलोले बगाएर एक बालकको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–६ पूर्वपौनीका ४६ वर्षीय रामबहादुर चौधरी आफ्नै माछापोखरीमा माछालाई दाना दिने क्रममा पोखरीमा डुबेका थिए। पोखरीमा डुबेका उनलाई घरपरिवार र छिमेकीको सहयोगमा निकालेर उपचारका लागि अस्पताल लगिएको थियो।

मणिग्रामको क्रिमसन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।यस्तै तिलोत्तमा नगरपालिका ५ कैलाश पथका ४ वर्षीय आर्यन परियार खेल्ने क्रममा कुलोले बगाउँदा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले पवर्त घर भई तिलोत्तमा–५ मा  भाडामा बस्ने किसान परियार र धनशरी परियारका छोरा आर्यनलाई कुलोले बगाउँदा मृत्यु भएको बताए ।

घर पछाडिको कुलोले बगाएकोे अवस्थामा स्थानीयले देखेर उद्दार गरेका थिए । उद्दार गरेर उपचारका लागि मणिग्रामस्थित क्रिमशन अस्पतालमा लगेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप