
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

सल्यानमा छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका र दार्मा गाउँपालिकामा भएका घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
साउन १६ गते शारदा नदीमा माछा मार्न गएका कालीमाटी गाउँपालिका–४ घुरचौर घर भएका नौ वर्षीय बालक निर्मल भण्डारीको बेपत्ता भएका थिए ।
बेपत्ता भण्डारीको शव कालीमाटी गाउँपालिका–५ मा नदी किनारमा आज फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
यस्तै दार्मा गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्मा गाउँपालिका–४ पुखातका ५५ वर्षीय यज्ञबहादुर विकको भीरबाट लडेर मृत्यु भएको हो ।
आइतबार साँझ घरदेखि ५०० मिटर टाढा भीरबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ