केन्द्रीय संस्करण

रौतहटमा लाखौं चोरी गर्ने गिरोहका २ जना पक्राउ

person explore access_timeसाउन १९, २०७७ chat_bubble_outline0

रौतहट । रौतहटको पश्चिमी भेगमा लामो समयदेखि संगठित चोरीको घटनामा संलग्न गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय विजयपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । फतुुवा विजयपुर ९ का रुपनारायण चौधरीका छोरा ३० वर्षीय अरुण चौधरी र सोही ठाँउका रामवृक्ष चौधरीको छोरा २२ वर्षीय सञ्जयकुमार चौधरी पक्राउ परेका हुन् ।

उनीहरुमाथि सिंगो ट्याक्टरदेखि पसलको सटर फोडेर लाखौंको सामान चोरी गरेको आरोप लागेको छ । सञ्जयकुमार चौधरी र अरुण चौधरीमाथि चोरी तथा डाका कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट १० दिनको म्याद समेत थमाइसकिएको इन्स्पेक्टर चन्द्रकिशोर साहले जानकारी दिएका छन् ।

उनीहरुले असार ६ गते राती विजयपुर बजारमा रहेको मुकेश एलेक्टेनिक्स पसलको सटरको ताला फोडेर विभिन्न कम्पनीको मोबाईल, एलसिडि टिभी तथा नगद गरी ४ लाख ३५ हजार बराबरको धनमाल चारेर लगेको प्रहरीले जनाएको छ ।

त्यस्तै उनीहरुले स्थानीय विनोद साह कलवारको घर अगाडि पार्किङमा राखिएको ना ५ त ४७१० नम्बरको सोनालिका ट्याक्टर साउन ८ गते राती चोर्न खोजेपछि गस्तीमा रहेको प्रहरी र ट्याक्टर धनी विनोद साहले होहल्ला गर्दा छोडेर भागेको जनाइएको छ ।

ट्याक्टर चोरी भएको नजिकैको आईएई बंैकको सिसिटिभी क्यामेराको फुुटेजको आधारमा छानबिन गर्दै जाँदा सञ्जयकुमार चौधरीलाई गत शनिवार पक्राउ गरेको इन्स्पेक्टर साहले जानकारी दिए । उनकै बयानको आधारमा अरुण चौधरीलाई पक्राउ गरिएको हो । अरुणले घटना स्वीकार गरेपछि थप अनुसन्धान प्रकृया अगाडी बढाइएको र चोरीको घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.