मलेसियामा नेपालीले नेपालीलाई नै कुटेको खुलासा

काठमाडौं । मलेसियामा नेपालीले नेपालीलाई नै कुटपीट गरेको खुलासा भएको छ । केही दिनअघि मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्मम कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।
सामाजिक सञ्जालमार्फत उक्त भिडियो सार्वजनिक भएपछि त्यस्तो हर्कत गर्ने व्यक्ति को थिए ? भन्ने प्रश्नसँगै सो भिडियो भाइरल भएको थियो । भिडियो सार्वजनिक भएपछि मलेसियास्थित नेपाली दूतावासको सक्रियतामा पीडित र पीडक दुवैलाई खोजी गर्दा पीडक र पीडित दुवै नेपाली भएको खुलासा भएको हो ।
दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै दुवैजना व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको जनाएको छ ।
‘दुवैजना व्यक्तिहरु नेपाली नागरिक भएको कुरा पुष्टि भएको छ । पीडित ईस्लाम हुसेन नवलपरासी जिल्ला र पीडक राम गोपाल मुराउ कपिलबस्तु जिल्लाका स्थायी बासिन्दा हुन्’ दूतावासको विज्ञप्तिमा भनिएको छ । मलेसियाको अध्यागमन कानून अनुसार पीडक र पीडित दुवैजना मलेसियामा अवैधानिक अवस्थामा रहेको पनि खुलेको छ ।
दूतावासका अनुसार निजहरुका अनुसार भिडियोमा देखिएको घटना ७ जुलाई २०२० को विहान करिव १० बजे तिर क्वालालम्पूरमा रहेको एम ३ मलमा भएको हो ।
उनीहरुमध्ये पीडित सेक्युरिटी गार्ड र पीडक सुपरभाईजरको रुपमा कार्यरत रहेका थिए । राजदूतावासको सम्पर्कमा आएका दुवै जनाले उक्त भिडियोमा देखिने पात्र आफूहरु नै रहेको कुरा स्वीकार गरेका छन् । राम गोपाल मुराउ सोमबार नै स्वेच्छाले मलेसियन प्रहरी समक्ष उपस्थित भएका छन् । ‘यस सम्बन्धमा थप अनुसन्धान क्वालालम्पूरको वाङ्सामाजु स्थित प्रहरी स्टेशनले गर्नेछ’, दूतावासले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
-
अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
-
तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई सय परिवार
-
शिक्षक आन्दोलन जारी, प्रहरी धरपकडको विरोध
-
संविधान संशोधनलाई गम्भीर रूपमा लिइएन भने यो ‘पेन्डोराज् बक्स’ हुन सक्छ : प्रचण्ड
-
मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी