बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जना संक्रमित थपिए

सोमबार, १९ साउन २०७७, १६ : ३४
सोमबार, १९ साउन २०७७

काठमाडौं ।  नयाँ कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता  डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 

योसँगै कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ भने निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ।  

 प्रदेश नम्बर १ मा ८ सय ७५, प्रदेश नम्बर २ मा ३ हजार १ सय ७६, बागमती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ३० जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६६, कर्णाली प्रदेशमा १ हजार ७ सय २३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ४८ जना डिस्चार्ज भएका छन् ।

सोमबार देशभरीका आइसोलेसनमा ५ हजार ७ सय ३२ जना संक्रमित उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा २ सय ९०, प्रदेश नम्बर २ मा २ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ५१ र गण्डकी प्रदेशमा २ सय ७२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय १५, कर्णाली प्रदेशमा २ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४९ जना रहेका छन् ।

प्रदेश नम्बर १ मा १ हजार २ सय ९६, प्रदेश नम्बर २ मा  १ हजार १ सय ४४, बागमती प्रदेशमा ८ सय २६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ४०, कर्णाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय ३७ जना क्वारेन्टिनमा रहेका छन । अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप