शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश : थप २० जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, १९ साउन २०७७, १५ : १५
सोमबार, १९ साउन २०७७

 कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएको छ । संक्रमितमा ६ महिला र १४ पुरुष रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमण दर बढ्न थालेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । 

 थपिएका संक्रमितमा अछामका ४ जना, कैलालीका ९ जना,  कञ्चनपुरका २ जना रहेका छन् ।  त्यसैगरी कञ्चनपुरकै  थप ५ जनामा पनि संक्रमण पुष्टि भएको छ । 

  हालसम्म सो अस्पतालमा १७ हजार ६९६ जनाको कोरोना परीक्षण भएकोमा १६ हजार २३५ जनामा नेगेटिभ रिजल्ट आएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप