बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा करेन्ट लागेर २ जनाको मृत्यु

सोमबार, १९ साउन २०७७, १३ : ५४
सोमबार, १९ साउन २०७७

बुटवल ।  दाङमा करेन्ट लागेर सोमबार बिहान  दुई जनाको मृत्यु भएको छ । मृतक दाजुभाइ हुन् । 

जिल्ला प्रहरी कार्यालय दाडका अनुसार  घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौक निवासी १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको छ । सोहि घटनामा ३७ वर्षीय दिलबहादुर रावत पनि घाइते भएका छन् । 

उनको  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। बारीमा जंगली बँदेल आएर  मकै आएपछि मार्नको जोडिएको करेन्टमा परी दुई जनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप