मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

सोमबार, १९ साउन २०७७, १३ : १५
सोमबार, १९ साउन २०७७

काठमाडौं । काठमाडौं, पर्सा र भोजपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा पारी ३ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-७ कालोपुलस्थित बा.६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा चालक काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने दोलखा घर भएका ३० वर्षीय तसी शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।  
    
यसैगरी पर्साको धोबिनी गाउँपालिका-५ जगरनाथपुर टोलस्थित सडकमा बा.१२ प ७३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जगरनाथपुर गाउँपालिका-३ बिजवनिया बस्ने ३० वर्षीय कालु तिवारीको मृत्यु भएको छ । दुर्घटनामा घम्भीर घाइते भएका उनको उपचारको लागी पोखरिया अस्पताल हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

यसैगरी भोजपुरको आमचौक गाउँपालिका-३ हाँगातुङस्थित सडकमा प्रदेश नम्बर १-०२-००३ त ५८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ३ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार चालक दिसङला बस्ने २८ वर्षीय दिपक कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी बलंखामा उपचारको क्रममा मृत्यु भएको हो ।    
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप