प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित १८ जनामा कोरोना संक्रमण
सोमबार, १९ साउन २०७७, १३ : ०८

मोरङ । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित विराटनगरका १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडानम्बर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यको परिवारका तीनजना सदस्यसहित १८ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमित पुष्टि हुनेहरुमा विराटनगर वडा नम्बर ५ का ३ जना, प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ जना, विराटनगर–७ का ४ जना र विराटनगर–६ का १ जना रहेका छन् । त्यस्तै, विराटनगर ७ का ३० र ३६ वर्षीया महिला र २५ र ४५ वर्षीय पुरुष तथा ६ का २४ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको महानगरपालिका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले जानकारी दिए ।
कोशी अस्पतालमा कार्यरत २ जना र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा समेत संक्रमण पुष्टि भएसँगै विराटनगर महानगरपालिकामा संक्रमितको संख्या १३८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र अमेरिकाबिच व्यापार सम्झौताको रूपरेखामा सहमति
-
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
-
वैदेशिक रोजगारी र पेटको समस्या
-
एनआरएनएको एकता महाधिवेशन ६ महिना पर सार्न परराष्ट्रको पत्राचार, सर्वोच्चमा मुद्दा दायर
-
टेस्लाको नाफा घटेपछि डज प्रमुखको जिम्मेवारी घटाउँदैछन् मस्क
-
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली