शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री निरुताले भनिन्, ‘मेरो लागि सबै अग्रज महानायक हुन्’

सोमबार, १९ साउन २०७७, १२ : ०८
सोमबार, १९ साउन २०७७

काठमाडौं । अभिनेत्री निरुता सिंहले आफूले  अभिनेता भुवन केसीलाई कहिल्यै महानायकको उपाधि नदिएको र पक्ष पनि नलिएको बताएकी छन् । सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै उनले सो कुरा स्पष्ट परेकी हुन् । 

केही दिन अगाडि सामाजिक संजाल फेसबुक मार्फत उनले भुवन केसी आफ्नो सपनाको महानायक बताएकी थिइन् । उनको उक्त भनाइप्रति विमति जनाउँदै सामाजिक संजाल प्रयोगकर्ता उनीमाथि खनिएका छन् । भुवनलाई सम्मान दिने बहानामा राजेश हमालको अपमान गरेको र भुवन केसीको पक्ष लिएको भन्दै सामाजिक संजालमा उनको विरोध भइरहेको छ । 
निरुताले राजेश हमाललाई नै आफूले पनि ‘महानायक’ मान्ने बताएकी छिन् । 

‘एउटा कलाकारको नाताले के मलाई मेरो अग्रज दाइ अनि दिदीहरुलाई सम्मानपूर्वक उपाधि दिने अधिकार पनि छैन र ?’ निरुताले अगाडि लेखेकी छन् ‘मेरो लागि सबै अग्रज कलाकार नै महानायक हुन्, जसले हाम्रो सानो नेपाली चलचित्र क्षेत्रलाई यहाँसम्म पु¥याउनका लागि आफ्नो कलाको योगदान दिनुभएको छ ।’

निरुताले राजेश मात्र होइन आफ्ना लागि भुवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाह आदिलाई महानायक र बसुन्धरा भुषाल, भुवन चन्द, करिष्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मा महानायिका भएको बताएकी छन् । 

९ बुँदाको रुपमा आफ्नो भनाइ राखेकी निरुताले कसैलाई सम्मान गरेर महानायक, महानायिका, सुपरस्टार वा मेघास्टारको उपाधि दिनु आफ्नो नितान्त विचार रहेको समेत बताएकी छन् । उनले दर्शकका लागि सम्मान समेत प्रकट गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप