केन्द्रीय संस्करण

रैथाने पौष्टिक आहारविरुद्ध भ्रामक सरकारी ज्ञान

person explore access_timeसाउन १९, २०७७ chat_bubble_outline0

विद्यार्थीकालमा एउटा नेपाली फिल्म हेर्ने अवसर जुर्यो । नाम नसम्झेको उक्त फिल्मका खलनायकले गाउँकी एउटी गोरी गोरी युवतीलाई सोधेको देखिन्छ ‘तिमी के खान्छौ हौ अनि यति हृष्टपुष्ट र राम्री भएकी ?’ युवती लजाउँदै उत्तर दिन्छिन्, ‘मकै, भात, भटमास ।’ दर्शक गलल हाँस्छन् । मानौँ मैकै, भात, भटमास भनेको लुकेर खानुपर्ने मानिसलाई फाइदा गर्ने हैन कि बाँच्न र भोक मेटाउन खाने दुःखी गरिबको खाना हो ।

अशिक्षाले गाँजेको तत्कालीन नेपाली समाजको अत्यन्त भित्री तहसम्म कसरी यो दुर्भाग्यपूर्ण मान्यतामा पुग्यो र जरो गाड्न सक्यो भन्ने प्रश्न अनुत्तरित छ । आजसम्म हाम्रो शिक्षा प्रणालीले त्यो भ्रम जनसमुदायबाट हटाउन किन केही गर्न सकेन ? आगामी दशकमा समेत यसमा सुधारका लागि किन कुनै काम हुँदै छैन ?  एउटा प्रश्नले अर्काे प्रश्न जन्माउने तर उत्तर नखोजिने प्रवृत्ति हाम्रो आजको दैनिक नियति बनिदिएको छ ।

झन्डै दुई तिहाइ जनमतको डाडुपुन्यु लिएर मुलुकलाई समृद्ध पार्ने जिम्मा पाएका सरकारका कृषिमन्त्रीलाई गाउँमा उत्पादन हुने दुर्लभ कालो भटमास, रैथाने तरकारी, लोकल कुखुरा, ढिकीमा कुटेको चामल, पानी घट्टमा कुटेको चामल, मार्सी चामल, कोदो लगायतका अन्न, बोडी, मस्याङ, गहत, सिबी, दाल जस्ता कोसे बाली, आलस, तिल, तोरी, मेथी जस्ता तेल बाली आदि र आयुर्वेदिक र चिकित्सा पद्धति अनुरूप उच्च मूल्य रहेको जडीबुटी, कृषि तथा जङ्गली उत्पादन आदिको प्रवद्र्धन गर्न किन हो कहिल्यै समय नै उपलब्ध हुँदैन ।

शिक्षा मन्त्रीसँग आजको हाम्रो शिक्षा कति वर्ष पुरानो छ ? कति निकम्मा नियतको आधारमा उभिएको छ भन्ने बारे अध्ययन गर्ने समय मन्त्री पदमा रहुन्जेल नमिल्ने लगभग निश्चित बनेको देखिन्छ । स्वास्थ्य मन्त्रीलाई आयुर्वेद, युनानी, सिद्ध जस्ता विधाको महत्त्व आफैले खोतल्न त कुरै छोड्नुस् सुन्नेसमेत समय छैन । नीति,  योजना तथा कार्यक्रम बनाउनेहरू, विज्ञ र उच्च प्रशासकहरूका मनोविज्ञानमा यो विषय आफै नचाहिँदो फत्तुर रहेको महसुस छ । 

शिक्षा मन्त्रीसँग आजको हाम्रो शिक्षा कति वर्ष पुरानो छ ? कति निकम्मा नियतको आधारमा उभिएको छ भन्ने बारे अध्ययन गर्ने समय मन्त्री पदमा रहुन्जेल नमिल्ने लगभग निश्चित बनेको देखिन्छ । स्वास्थ्य मन्त्रीलाई आयुर्वेद, युनानी, सिद्ध जस्ता विधाको महत्त्व आफैले खोतल्न त कुरै छोड्नुस् सुन्नेसमेत समय छैन ।

सरकार केका लागि भन्ने उत्तरमा जे जसरी चलेको छ चल्छ भनी चलाउनका लागि भन्ने मान्यता बोकिएको छ । जनताका प्रश्न र चासोमा अनुत्तरित रहेरै जति धरै चल्न सक्यो त्यति धेरै सरकार सफल गनिने नयाँ मापदण्ड स्थापित गर्न खोजिएको छ ।

उदाहरणका रूपमा आज पनि हाम्रो स्कुलदेखि उच्च शिक्षासम्म मासु मात्र प्रोटिनको  विकल्प भन्ने आशय दिने पाठ्यक्रम प्राथमिकताका साथ अध्यापन गराइन्छ । विज्ञानले नै गलत भनी प्रमाणित गरिसकेका कुरा मिति खुस्किइसकेका वैज्ञानिक तथ्यका आधारमा हाम्रा रैथाने गेडागुडीहरुमा प्रोटिन त  हुने तर धेरै खान नहुने कनिष्ठ भनी पढ्न र आफ्नो धारणा बनाउन विद्यार्थीहरू बाध्य छन् । हाम्रा पाठ्यपुस्तकका अनुसार हाम्रा रैथाने गेडागुडीमा भेटिने ट्रिपसिन इनहिबिटर नाम दिइएको प्रोटिन शरीरमा प्रोटिनको पाचन गर्ने क्रममा सहयोगी हुने इन्जाइम ट्रिपसिनलाई पाचनको काम गर्न रोक्ने हुँदा शरीरका लागि हानिकारक रहेको लेखिएको छ । मन सन्तुष्ट हुने मात्रामा खाँदा गेडागुडीको ट्रिपसिन इनहिबिटरका कारण शरीर धेरै रोग व्याधिको सिकार हुने आशय छ ।

पोषणबारे ज्ञान दिन लेखिएका लेख, भिडियोहरूको दाबी के देखिन्छ भने शरीरमा जरुरी हुने सल्फर पूर्ति गर्ने ट्रिपसिन इनहिबिटरका कारण गेडागुडी धेरै खान नहुने रहेकाले मानिसले मासु खान अनिवार्य छ । कतिपय चिकित्सककै स्तरबाट आएका लेख बढ्दो उमेरको बाल बालिकामा प्रोटिनबाट प्राप्त हुने सल्फर धेरै जरुरी हुने हुँदा मासुको उत्तम विकल्प नरहेकाले बालबालिकालाई अनिवार्य मासु दिनुपर्ने दाबीहरू पटक पटक सम्प्रेषण गरिएका भेटिन्छन् ।

आयुर्वेद पद्धतिको मानिस जीवनभर साकाहारी बसेर मांसाहारी पद्धतिले भन्दा धेरै स्वस्थ रहन सक्छ भन्ने मान्यतालाई प्रहार गर्ने नियतले सुनियोजित रूपमा आएका अभिव्यक्तिहरु राज्यको कसौँटीमा न त हिजो ल्याउन उपयुक्त ठानियो न आज ल्याइन्छ । उल्टो राज्यकै ढुकुटीबाट तलब खानेहरू रैथाने सीप तथा प्रविधि उन्मूलन अभियानमा पूर्णरूपमा खटिएको भेटिनु संयोग मात्र मान्न सकिन्न ।

समग्रमा आयुर्वेदले मासु खानै नहुने कुरो हो भनेर कहीँकतै उल्लेख गरेको भेटिँदैन, न मासु आफैमा खराब चिज हो । तर सुनियोजित रूपमा समाजमा अर्ध ज्ञान छर्दै शरीरका लागि उत्तम हुने घरबारीकै खानपानलाई कनिष्ठ भनिदिने, मासु तथा प्रशोधन गरिएका शरीरलाई एसिडोसिस गराउँदै पश्चिमा ओखती आजीवन खानुपर्ने र तिनैका खाद्य प्रशोधन र औषधि उद्योगको उत्पादनले हाम्रो बजारमा एकाधिकार फैलाउने नियत स्वीकार्य नहुनु पथ्र्यो ।

भटमास लगायतको गेडागुडीको सवालमा आज विज्ञानले प्रमाणित गरेको तथ्य के हो भने यस्ता गेडागुडीमा डेडजिन, ग्लाइसिटिन र जेनिसिटिन नामक महत्त्वपूर्ण आइसोफ्लेभोन हुने गर्छ । पुरानो पोषण विज्ञानले पोषणको बाधक भनेर चिन्ने भट्मास लगायतको गेडागुडीमा ग्लुकोसाइडको रूपमा फ्री अवस्थामा हुने आइसोफ्लेभोन मानिसमा हुने हृदय रोग र क्यान्सर प्रतिरोधी रहन्छ ।

भटमास लगायतको गेडागुडीको सवालमा आज विज्ञानले प्रमाणित गरेको तथ्य के हो भने यस्ता गेडागुडीमा डेडजिन, ग्लाइसिटिन र जेनिसिटिन नामक महत्त्वपूर्ण आइसोफ्लेभोन हुने गर्छ । पुरानो पोषण विज्ञानले पोषणको बाधक भनेर चिन्ने भट्मास लगायतको गेडागुडीमा ग्लुकोसाइडको रूपमा फ्री अवस्थामा हुने आइसोफ्लेभोन मानिसमा हुने हृदय रोग र क्यान्सर प्रतिरोधी रहन्छ ।

अनुसन्धानले आफ्नो खानामा मकैभटमास,  भटमासबाट बनेको तोफु,  मम अचार, भटमासको मसेउरा र भटमासको तेल भुटनमा हाली खाने नेपाल लगायतको एसिया निवासीहरुको बानीका कारण उनीहरूको शरीरमा यी आइसोफ्लेभोनको कमी नभएको देखाएको छ ।

अनुसन्धानको निचोडअनुसार अमेरिकी क्षेत्रमा बसोवास गर्नेभन्दा एसिया क्षेत्रमा बसोवास गर्ने हामीमा ब्रेस्ट क्यान्सर १० प्रतिशत, प्रोस्टेट क्यान्सर २ प्रतिशत कमी भएको जापान तथा फिनल्यान्डमा भएको रिसर्चले देखाएको छ । भटमासका आइसोफ्लेभोनहरु आन्द्राको क्यान्सर समेत रोक्ने भेटिएको छ । एक अनुसन्धानले जेनिसिटिनले शरीरमा क्यान्सर गराउने एनजियोजेनेसिस प्रक्रिया नै रोकिदिएर क्यान्सर प्रतिरोधी शक्ति देखाएको स्पष्ट गर्छ ।

आज आएर के कुरा स्थापित भइसकेको छ भने भटमासको प्रोटिन आफै रगतमा कोलेस्ट्रोल घटाउन र मुटुको रोग लाग्नबाट मानिसलाई बचाउन ठूलो भूमिका खेल्ने गर्छ । साथै भटमासको अप्रशोधित तेलको समेत यसमा धेरै राम्रो सकारात्मक भूमिका भेटिएको छ । जब हामी भटमासलाई प्रशोधन गर्छौं यसको मात्र २३५ आइसोफ्लेभोनहरु बचेको भेटिन्छ ।

आरबीडी भनिने रिफाइन, ब्लिच र डिअडराइज प्रशोधन विधिवाट गुज्रेका प्रोसेसले त आइसोफ्लेभोनको उपलब्धतालाई शून्यमा झरिदिन्छ । जसको कारण हाम्रो रैथाने तरिकाको उमालेर, भुटेर, तरकारी बनाएर तेल निकालेर मतलब सकेसम्म कम प्रशोधन गरी भटमास लगायतका गेडा गुडीहरु खानको रूपमा उपयोग गर्ने तरिका आज विश्वमै उत्कृष्ट रहेको प्रमाणित बनिदिएको छ ।

भटमास हुने ट्रिपसिन इनहिबिटर नामक प्रोटिन हाम्रो शरीरमा पाचनको क्रममा हाइड्रोलाइसिस हुँदै गर्दा खाना पचाउने इन्जाइम ट्रिपसिनसँगै मिलेर आफ्नो काम गर्न दिँदैन भन्ने पुरानो मान्यता हाल आएर अर्धसत्य र यसको भूमिकाले दिने नतिजाबारे गरिएको चर्चा गलत प्रमाणित बनेको वर्षौं भइसक्यो ।

अनुसन्धानले भटमासमा कुनिट्ज र बाउमेन बिर्क नामक मुख्य दुई ट्रिपसिन इनहिबिटर रहने भेट्टाएको छ । बाउमेन बिर्क ७१ अमिनो एसिड मिली बनेको हुन्छ । जसमा ७ वटा डाइसल्फाइट बोन्ड रहन्छ । जसको दुईवटा ट्रिपसिन रियाक्टिब साइट हुन्छ । कुनिट्ज भने १८१ अमिनो एसिड मिली बनेको भए पनि यसमा मात्र २ वटा मात्र डाइसल्फाइट बोन्ड रहन्छ ।

आयुर्वेदले हजारौँ हजार वर्षअघि देखेको भटमास लगायतको गेडागुडीमा रहेको हिलिङ गुण तथा औषधीय मूल्य आज विज्ञानलेसमेत स्वीकार्न बाध्य बनेको छ ।  क्यानडा, अमेरिका जस्ता मुलुकले आफ्नो खाद्य निर्देशिका रहेको ‘मासु खानु’ भन्ने लेखाइमा मासु शब्द हटाएर ‘प्रोटिन खानु’ भन्ने शब्दले परिवर्तन गरिसके । हामीले भने कुन बेला कसको के बैना लिएका रहेछौँ, न राज्य, न राज्यका बुद्धिजीवीहरु  र विज्ञहरू नै यसमा खासै चासो जनाउँछन् ।

कुनिट्जको एउटा मात्र ट्रिपसिन रियाक्टिब साइट हुने हुँदा मात्र ट्रिपसिनलाई रोक्न सक्ने हुन्छ। कुनिट्ज आफैमा तातो सहन नसक्ने हुँदा सामान्य पकाउँदा वा भुट्दा यो नष्ट हुने हुँदा यसको खानामा खासै असर हुँदैन । उसिनेर वा पकाएर अथवा भुटेर खाँदा कुनिट्जको मानिसमा कुनै समस्याको विषय रहन्न । 

बाउमेन बिर्क भने सामान्य प्रशोधन गरेको र तताउँदा, पकाउँदा वा भुट्दा नष्ट हुँदैन । बाउमेन बिर्कमा हुने दुईवटा ट्रिपसिन रियाक्टिब साइटका कारण आन्द्रामा  प्रोटिनको पाचन गर्ने क्रममा सहयोगी हुने इन्जाइम ट्रिपसिनलाई आंशिक रूपमा पाचन कार्यबाट रोक्ने क्षमताको मानव शरीरका लागि उच्च हिलिङ गुण तथा औषधीय मूल्य रहेको थाहा लागेको छ ।

जति बेला भटमासमा हुने ट्रिपसिन इनहिबिटरलाई मुसामा परीक्षण गरिएको थियो त्यो बेला यसले मुसामा ट्रिपसिन इनहिबिटरको काम गरी कोलिसाइटोकिनिन हर्मोनको गतिविधि बढाएर पित्त थैली सुन्निएको भेटिएको थियो । त्यो परीक्षण गिनी पिग, गाइको बाच्छो, सुँगुर र बाँदरमा गरियो कुनैमा पनि त्यो असर देखिएन । वास्तवमा हाल ट्रिपसिन इनहिबिटर ठानिएको बाउ मेन बिर्क कलेजो, फोक्सो, आन्द्रा आदिमा क्यान्सर प्रतिरोधी भूमिका खेल्ने प्रमाणित बनेको छ । अर्कोतर्फ भटमास लगायतको गेडागुडीमा पाइने फेनोलिक एसिडहरू जस्तै सिरिन्गेलडिहाइड, कौमारिक एसिड, जिनटिसटिक एसिडहरू समेत क्यान्सर प्रतिरोधी भूमिका खेल्ने भेटिएको छ ।

समग्रमा भन्दा आयुर्वेदले हजारौँ हजार वर्षअघि देखेको भटमास लगायतको गेडागुडीमा रहेको हिलिङ गुण तथा औषधीय मूल्य आज विज्ञानलेसमेत स्वीकार्न बाध्य बनेको छ ।  क्यानडा, अमेरिका जस्ता मुलुकले आफ्नो खाद्य निर्देशिका रहेको ‘मासु खानु’ भन्ने लेखाइमा मासु शब्द हटाएर ‘प्रोटिन खानु’ भन्ने शब्दले परिवर्तन गरिसके । हामीले भने कुन बेला कसको के बैना लिएका रहेछौँ, न राज्य, न राज्यका बुद्धिजीवीहरु  र विज्ञहरू नै यसमा खासै चासो जनाउँछन् । रैथाने उत्पादनलाई उठ्नै नसक्ने गरी दाइँ हाल्ने कार्यमा भने प्रायः सबै मौन सहभागी बनिरहेको देख्नु र सुन्नुपर्छ ।

(लेखक खाद्य तथा औषधिविज्ञ हुन् ।)

Title Photo:https://upload.wikimedia.org

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.