अभिनेत्री निरुताले भनिन् ‘मेरो लागि सबै अग्रज महानायक हुन्’
काठमाडौं – अभिनेत्री निरुता सिंहले आफूले अभिनेता भुवन केसीलाई कहिल्यै महानायकको उपाधि नदिएको र चमचागिरी पनि नगरेको बताएकी छन् ।
सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै उनले सो कुरा स्पष्ट परेकी हुन् । केही दिन अगाडि सामाजिक संजाल फेसबुकमार्फत उनले भुवन केसी आफ्नो सपनाको महानायक भएको बताएकी थिइन् ।
उनको उक्त भनाईप्रति आपति जनाउँदै सामाजिक संजाल प्रयोगकर्ता उनीमाथि खनिएका छन् । भुवनलाई सम्मान दिने बहानामा राजेश हमालको अपमान गरेको र भुवन केसीको चमचागिरी गरेको भन्दै सामाजिक संजालमा उनको विरोध भइरहेको छ ।
निरुताले राजेश हमाललाई नै आफूले पनि ‘महानायक’ मान्ने बताएकी छिन् ।
‘एउटा कलाकारको नाताले के मलाई मेरो अग्रज दाई अनि दिदीहरुलाई सम्मान पूर्वक उपाधि दिने अधिकार पनि छैन र ?’ निरुताले अगाडि लेखेकी छन् ‘मेरो लागि सबै अग्रज कलाकार नै महानायक अनि महनायिका हुन्, जसले हाम्रो सानो नेपाली चलचित्र क्षेत्रलाई यहाँसम्म पु¥याउनका लागि आफ्नो कलाको योगदान दिनुभएको छ ।’
निरुताले राजेश मात्र होइन आफ्ना लागि भुवन केसी, शिव श्रेष्ठ, हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाह आदीलाई महानायक र बसुन्धरा भुषाल, भुवन चन्द, करिस्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मा महानायिका भएको बताएकी छन् ।
९ बुदाको रुपमा आफ्नो भनाई राखेकी निरुताले कसैलाई सम्मान गरेर महानायक, महानायिका, सुपरस्टार वा मेघास्टारको उपाधि दिनु आफ्नो नितान्त विचार रहेको समेत बताएकी छन् । उनले दर्शकका लागि सम्मान समेत प्रकट गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरनेट सेवामा स्लो हुने समस्या, भएको के हो ?
-
१० बजे १० समाचार : माओवादीभित्र शक्ति संघर्षदेखि सपना देखाएर सर्वत्र ठगीसम्म
-
कुमारी सहकारीको डेढ अर्ब हिनामिना, पाँच जना पक्राउ
-
चाँदनीको हत्या प्रकरणमा आमा र बुवा पनि पक्राउ, ६ जनाविरुद्ध पाँच दिनको म्याद थप
-
केबलकार निर्माणको कार्यलाई स्थगन गरी निकास दिन राप्रपा नेपालको माग
-
सांसदहरूको महत्त्वपूर्ण विधायिकी भूमिकाले सच्चिन सक्छ सामाजिक सञ्जाल विधेयक