शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आईपीएल यूएईमा हुने तय

सोमबार, १९ साउन २०७७, ०८ : ५८
सोमबार, १९ साउन २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी १९ सेप्टेम्बरबाट यूएईमा हुने तय भएको प्रतियोगिताका आयोजकहरुले पुष्टि गरेका छन् । प्रतियोगिताका ५३ खेलहरु दुबई, शारजाह र अबुधावीमा खेलाइनेछ । फाइनल खेल १० नोभेम्बरमा हुने तय भएको छ ।

त्यस्तै, आइपीएलको प्लेअफको हप्तामा तीन टोली सम्मिलित महिला टी–२० च्यालेन्जको पनि आयोजना गरिनेछ । यद्यपि, अस्ट्रेलियाका विकेट किपर एलिसा हेलीलगायत थुप्रै शीर्ष महिला क्रिकेटरहरुले प्रतियोगिताको समयको आलोचना गरेका छन् ।

अस्ट्रेलियामा १६ अक्टोबरदेखि शुरु हुने महिला बिग ब्यास लिगसँग यस प्रतियोगितालाई जुधाइएको छ । चुनावका कारण सन् २०१४ मा पनि यूएईमा आईपीएलको आयोजना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप