नेपालमा कोरोना संक्रमितको उपचारमा पहिलो पटक प्लाज्मा थेरापी विधि
काठमाडौं – नेपालमा कोरोना संक्रमितको उपचारमा पहिलो पटक प्लाज्मा थेरापी विधि अपनाइएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मोरङ विराटनगरका पुरुष संक्रमितको बिहीबार राति प्लाज्मा थेरापी गरिएको हो। ती बिरामीलाई प्लाज्मा दान दिने व्यक्ति पनि पुरुष नै छन्। संक्रमित र दाता दुवैको परिचय अस्पतालले गोप्य राखेको छ।
प्लाज्मा थेरापीपछि बिरामीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अस्पतालको कोभिड व्यवस्थापन समिति संयोजक डा. सन्तकुमार दासका अनुसार ती व्यक्ति गम्भीर अवस्थामा अस्पताल आएका हुन्। झन्डै ६० वर्षीय व्यक्ति साउन १० गते अस्पतालमा भर्ना भएका थिए। भर्ना हुँदा निमोनियाको समस्या पनि थियो। कोरोना संक्रमणपछि उनी सिकिस्त अवस्थामा पुगेको चिकित्सकले जनाएका छन् ।
‘भर्ना हुने बेला ती पुरुषमा निमोनियाको संक्रमण थियो’, उपचारमा संलग्न चिकित्सक टोलीका संयोजक डा. दासले भने, ‘शरीरमा अक्सिजन अभाव थियो। उहाँलाई ८० प्रतिशत अक्सिजन चाहिएको थियो।’ स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयूमा लगिएको उनको भनाइ छ। ‘कोभिड र निमोनिया दुवैको हिसाबले उपचार गरियो। उपचार गर्दागर्दै पनि स्वास्थ्यमा खासै सुधार भएन’, उनले भने।
उनको स्वास्थ्य बिग्रिँदै गएपछि चिकित्सक टिमको बैठक बस्यो। प्लाज्मा थेरापीद्वारा उपचार गर्ने सहमति जुट्यो। बिरामी पक्षलाई सूचित गरियो। सोहीअनुरूप दाताको खोजी गरे। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सम्पर्क गरे। संक्रमणपछि निको भएका एक युवक फेला परे। उनी प्लाज्मा थेरापीका लागि तयार भए। बिहीबार राति प्लाज्मा थेरापी गरियो। मधुमेह र उच्च रक्तचापको समस्या भोगिरहेका ती पुरुषको परिचय सार्वजनिक गरिएको छैन।
कोरोना संक्रमणबाट निको भएका व्यक्तिको प्लाज्मा दिएपछि संक्रमितको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतम ले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी