मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भाजपाका लागि ‘कालो आइतबार’: एकैदिन यूपीमा मन्त्रीको मृत्यु त गृहमन्त्रीलगायत पाँचजना संक्रमित

सोमबार, १९ साउन २०७७, ०६ : ०८
सोमबार, १९ साउन २०७७

आइतबारको दिन भाजपाका लागि ‘कालो आइतबार’ साबित भयो । यसको सुरुवात बिहान साढे ९ बजेबाट सुरु भयो ।

उत्तर प्रदेशकी क्याबिनेटमन्त्री कमल रानी वरुणको कोरोना संक्रमणले ज्यान लियो ।

कोरोनाद्वारा संक्रमित भएपछि उनलाई १८ जुलाई एसजीपीजीआईमा भर्ना गरिएको थियो तर आइतबार साढे ९ बजे उनले अन्तिम सास फेरिन् ।

बेलुकी पौने ९ बजे भारतका गृहमन्त्री अमित शाहले आफू कोरोनाभाइरसद्वारा संक्रमित भएको जानकारी दिइन् ।

अमित शाह कोरोना पोजेटिभ भएको खबर सोशल मिडियामा आगो सरी फैलियो ।

अमित शाहले ट्वीट गर्दै भने, ‘कोरोनाको सुरुवाती परीक्षण देखिएपछि मैले परीक्षण् गरेँ र रिपोर्ट पोजेटिभ आयो । मेरो स्वास्थ्य ठिक छ तर डाक्टरको सल्लाहमा अस्पताल भर्ना भइरहेको छु । जो व्यक्ति पछिल्लो केही दिनमा मेरो सम्पर्कमा आउनुभएको छ भने कृपया आफूलाई आइसोलेट गर्नुहोस् र आफ्नो परीक्षण गर्नुहोस् ।’

त्यसको एक घण्टापछि उत्तर प्रदेशको भाजपा प्रमुख स्वतन्त्र देव सिंहले पनि ट्वीट गर्दै आफू संक्रमित भएको जानकारी दिए । त्यसपछि मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटमा जल शक्ति मन्त्री महेन्द्र सिंह पनि कोरोनाद्वारा संक्रमित भएको खबर आयो ।

राती साढे ११ बजे कर्नाटकमा भाजपा सरकारका मुख्यमन्त्री बीएस येदियुरप्पाले ट्वीट गर्दै आफू पनि कोरोनाभाइरसद्पारा संक्रमित भएको जानकारी दिए । येदियुरप्पाले आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गर्न र आफूलाई क्वारेन्टिनमा राख्न आग्रह गरेका छन् ।

तमिलनाडुका राज्यपाल बनवारीलाल पुरोहित पनि आइतबार कोरोनाद्वारा संक्रमित पाइएका छन् । पुरोहितलाई चेन्चेको कावेरी अस्पताल भर्ना गरिएको छ । अस्पतालले उनमा कोरोनाको कुनै लक्षण नभएको बताएको छ ।

अघिल्लो महिना उत्तर प्रदेशका स्वास्थ्यमन्त्री जय प्रताप सिंह पनि कोरोनाद्वारा पोजेटिभ पाइएका थिए । यसबाहेक योगी मन्त्रीमण्डलका मन्त्री चेतन चौहान, राजेन्द्र प्रताप सिंह र धरम सिंह सैनी पनि कोरोनाद्वारा संक्रमित पाइएका थिए ।

भारतमा हालसम्म १७ लाखभन्दा बढी व्यक्ति कोरोनाद्वारा संक्रमित पाइसकेका छन् । पछिल्लो दुई दिनमा एक लाख बढी व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । गत हप्ता मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान पनि कोरोनाभाइरसद्वारा संक्रमित पाइएका थिए ।

स्रोतः बीबीसी

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप